Sed News : दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु

Breaking News

Sed News : दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु भएको छ ।

अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए। बिरामीको अवस्था निकै सिकिस्त भएको भन्दै हजुरबुवा र आमाले हारगुहार गरिरहे, तर कसैले सुनेनन्। अन्ततः अबोध बालिकाले हजुरबुबाको काखमै तड्पिँदै मृत्यु भएको छ। आफ्नै

काखमा नातिनी तड्पिँदै रोइरहेको देखेका हजुरबुवाले सेक्युरिटी गार्डलाई निकै बिन्ति गरे तर उनले सुनेनन् बरु उल्टै झपारेर लाइनमा बस्न आग्रह गरे । ड्युटीमा रहेका प्रहरीलाई पनि चाँडो पालो

मिलाइदिन आग्रह गरेपछि प्रहरीले भित्र गएर सेक्युरिटीले गार्डलाई अनुरोध गरे तर सेक्युरिटी गार्डले प्रहरीको पनि कुरा नसुनेपछि उपचारको आस गर्दागर्दै बालिकाको मृत्यु भएको हो ।

Photo : #nayapatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *