प्रशासकीय र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि…

इलाम,भदौ १९- इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र […]

Continue Reading

काँकरभिट्टाका दुर्गाप्रसाद दाहाल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

मेचीनगर, भदौ १९ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् । आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि सम्पर्कविहीन भएको जानकारी दिइन् । काम गर्ने सिलसिलामा घरबाट हिँडेका दाहाल जेठमा घर आएका थिए । उनी फोनमा असार २ […]

Continue Reading

पेप्सिकोला दुर्घटनामा दुई मोटरसाइकल चालक पक्राउ

काठमाडौं,भदौ १९- काठमाडौंको पेप्सिकोलामा भएको सवारी दुर्घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्घटनाका क्रममा बाइक चलाउने दीपेन्द्र तामाङ र सन्तोष घले रहेका छन् । जडिबुटीतिरबाट तीव्र गतिमा आइरहेको बसलाई छल्दै एउटा मोटरसाइकलले लेन क्रस गरेको थियो । मोटरसाइकललाई जोगाउने क्रममा बसले बोलेरोलाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो […]

Continue Reading

बाजुराको कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएपछि…

बाजुरा। कोल्टीबाट रिफर गरिएका बिरामीको शनिबार जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ३ का दलजित कटेल रहेका छन् । उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपागन्ज रेफर गरिएको थियो। कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ । उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि […]

Continue Reading

क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई कालोमोसो

जनकपुरधाम । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् । नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् । हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु […]

Continue Reading

सेती अस्पतालमा एक सुत्केरी र शिशुको मृत्यु,शव नउठाउने अडानमा आफन्त

धनगढी। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी बस्ने २५ वर्षीया राधा परियारको सोमबार मृत्यु भएको हो। अवधी नपुग्दै व्यथाले च्यापेपछि शुक्रबार सेती अस्पतालमा भर्ना भएकी राधाको सोमबार बिहान ८ बजे मृत्यु भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले शल्यक्रिया गरेर मृत नवजात शिशुलाई […]

Continue Reading

कनकाई नदीमा हराएका श्रेष्ठको शव भेटियो

बिर्तामोड, भदौ १६ । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज भेटिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो २ बजेदेखि बेपत्ता भएका श्रेष्ठको शुक्रबारदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयबासीसहित जिल्ला प्रहरी कार्यालय विपद व्यवस्थापनको टोलीले नदीमा […]

Continue Reading

आज भदौ १९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत […]

Continue Reading

अटो दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो […]

Continue Reading

भद्रपुरमा भेटिएका शिशुको अभिभावकत्व लिन डक्टरदेखि व्यवसायीसमेत इच्छुक

बिर्तामोड, भदौ १६ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् । धेरै जनाले आफूहरुलाई भेटेर, फोन गरेर ती शिशुको अभिभावकत्व लिन चाहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले […]

Continue Reading